काठमाडौं - साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।










