काठमाडौं । अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अबस्था जटिल बन्दै गएको छ । उनमा निमोनियाको लक्षण देखिएको छ ।महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ ।

उहाँको उपचारमा खटिएका मेडिकल टिमका इन्चार्ज ड. सुवास आचार्यका अनुसार डा. केसीको छातीको सिटीस्क्यान गर्नुपर्ने भएको छ । केसीलाई चक्कर लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड