काठमाडौं। भोली बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित हो ।
प्रसाइँको निधनमा पार्टीले केन्द्रीय कार्यालय सानेपा र ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्नेदेखि आधा झन्डा झुकाउने कार्यक्रम तय गरेको छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने कर्मचारीमा कोरोना देखिएपछि उहाँ पनि आइसोलेसनमा हुनुहुन्छ ।
यसले केन्द्रीय समितिको बैठकको मिति अनिश्चित बनेको छ । यसअघि, १९ गते बस्ने तय भएको बैठक केन्द्रीय सदस्यलगायत ६० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै स्थगित गरिएको थियो ।










