सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिका लगायतका देशले प्रतिबन्ध लगाइसकेकोमा शुक्रवारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।

‘अनैतिक सामग्रीहरू’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रवारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनु परेका उनीहरूले बताएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरी परेको उल्लेख गरिएको छ ।

मुस्लिम संस्कार अनुसार महिलाले बुर्का लगाउनुपर्ने, शारीरिक अंग प्रदर्शन गर्न नहुने लगायतका कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताको दाबी छ । – एएनआई