काठमाडौँ । झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोकमा शनिबार आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादमा ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमती वर्ष २४ की रीता थापाको हत्या गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरायसी विषयमा विवाद बढेपछि आक्रोशित हुँदै रामजीले घरभित्रबाट खुकुरी झिकी घाँटीमा प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरी चौकी तोपगाछीले श्रीमतीको हत्या गर्ने रामजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको मुचुल्का तथा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी विजयराज पण्डितको कमाण्डमा खटिएको टोली खटेको छ ।

रीताको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।