दमक। झापा कमल गाँउपालिका २ त्रिवेणी चौक बस्ने ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन । हिजो साझँ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका हुन ।

घरायसी विषयमा बादबिवाद हुदा एक्कासी थापाले आफ्नै श्रीमती खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रीमतीको हत्या गर्ने थापालाई तत्काल पक्राउ गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।