काठमाडौँ । कोरोनाका कारण सिमाना बन्द रहेको नेपाल भारत हवाई उडान भने संचालन हुने भएको छ । कोरोना जोखिमका कारण सात महिनादेखि बन्द नेपाल र भारतबीच व्यावसायिक हवाई उडान खुलाउनेबारे पहल सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसवारे जानकारी गराएका हुन । मन्त्री भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शुक्रबार सिंहदरबारमा यसबारे छलफल भएको छ । २०७६ चैत ९ गतेदेखि रोकिएको उडान कात्तिक १ देखि सञ्चालन गर्नेबारे छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लकडाउन खुकुलो गरेसँगै नेपालले १ सय ६४ दिनपछि भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको भएपनि भारतमा कोरोना संक्रमितको भयावय अवस्था रहेकाले भारतसंगको उडान भने खुलेको छैन । ‘तीन साताअघि भारतले नेपालमा रहेका आफ्ना नागरिक भारत लैजाने गरी नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव पठाएको थियो ।

उनका अनुसार भारतले नेपालसहित थुप्रै एसियाली मुलुकमा एयर बबल मोडलबाट नियमित उडान गर्ने तयारी गरिरहेको छ । उक्त प्रस्तावलाई प्राधिकरणले अनुमतिका लागि तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले भारतको उक्त प्रस्तावलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो । ईताजा खबर बाट