विराटनगर। नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप ३ जनाको मृत्य भएको छ । मृत्युहुनेमा सुनसरी,रुपन्देही र चितवनका एक एक जना छन् । मोरंगको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको आज बिहान मृत्यु भएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुुभयो ।

दाहालका अनुसार मृतकका दुवै मृगौलामा पहिल्यैदेखि समस्या थियो। हाल सम्म नोबेलको कोभिड अस्पतालमा उपचाररत नौ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसैगरीरूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवदह-१० का ७९ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । सो अस्पतालमा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

त्यस्तै भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुुभयो । उनको उपचारका क्रममा आईतवार साँझ मृत्यु भएको हो ।