काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ। पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ। काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको शुरुआत भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ। सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध निकायलाई अनुरोध गरिने भएको छ। यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको छ। -रासस