विरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाही हटाउन ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनाको समूहमा विभाजन आएको छ।

श्रोतका अनुसार हस्ताक्षर बुझाउनेमध्ये केहिले हस्ताक्षर फिर्ता गर्ने बताएका छन्। मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन भन्दै आइतबार दिउँसो १८ जना सांसदले दलको कार्यालयमा हस्ताक्षर दर्ता गरेका थिए।