काठमाडौँ । कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले रातोपाटीलाई बताए ।

‘पहिलो चरणमा हामीले मातहतका १२ जिल्लामा बालबालिका संरक्षणको क्षेत्रमा सक्रिय सामाजिक संस्थाहरुसँग अन्तरक्रिया गरेका छौं’ प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले भने–‘कोभिडको बहानामा बालबालिकामाथि कुनै प्रकारका हिंसा हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश प्रहरी कार्यालयमा बालबालिकाको बारेमा उजुरी सुन्ने हेल्प डेस्क राखिएको छ । हिंसामा परेकालाई तत्काल उद्धार, उपचार र काउन्सिलिङका साथै हिंसा नियन्त्रण गर्न टोल–टोलमा प्रहरी गस्ती टिममार्फत सचेतना थालिएको छ । बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न प्रदेश प्रहरी कार्यालय लुम्बिनीले आग्रह गरेको छ ।