केबि महरा/काठमाडौ : पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठुला भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिती गठनको माग गरेका छन् । केहिदिन अघि पुर्व प्रधानमन्त्री भट्टराईले सार्वजनिक रुपमै बुढिगण्डकी आयोजना सम्झौतामा नेपाली कांङ्ग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि तथा अर्का अध्यक्ष प्रचण्डले अर्बौँ भ्रष्टाचार गरेको र उक्त घोटालाको आफुसङ्ग प्रमाण समेत रहेको बताएका थिए ।साथै उच्चस्तरीय छानबिन गरेमा आफुले आवस्यक प्रमाण समेत दिएर सहयोग गर्ने भनी अभिव्यक्ति दिएका थिए । उक्त भनाईको खण्डन तथा सरकार र पार्टी अध्यक्ष द्वय केपि शर्मा ओलि तथा पुस्पकमल दाहाल प्रचण्ड को बचाउ गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ द्वारा जारी गरिएको बिज्ञप्तिमा सस्तो लोकप्रियताका लागि सरकारको बदनाम नगर्न र संबंधित निकायमा उजुरि गर्न सुझाईएको थियो । जवाफ स्वरुप पुर्व प्रम भट्टराईले सबैखाले ठुला भ्रष्टाचारको छानबिनको लागि उच्चस्तरीय लोकपाल गठन गर्न माग गरेका छन्। साथै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको बक्तव्य प्रती संकेत गर्दै "जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाउ" भनेका छन् । 
बाबुराम द्वारा सबैखाले भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न नेकपालाई चुनौति
के बि महरासंवाददाताबुधबार, २८ असोज २०७७

बाबुराम द्वारा सबैखाले भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न नेकपालाई चुनौति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



