बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ।बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।