काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार नाै सय ३५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डाैमा एक हजार ६ सय ९३, भक्तपुरमा एक सय ३४ र ललितपुरमा एक सय आठ जनामा सङ्क्रमण देखिएकाे हाे ।
त्यस्तै पछिल्लाे २४ घण्टामा देशैभर तीन हजार सात सय ४९ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । बिहीबार थपिएकासँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेकाे छ ।










