आज दमकमा नृत्य सहितको बलात्कार विरुद्ध को प्रदर्शनी गरेका छन् । दमकका महिला समुहले गरेको उक्त कार्यक्रममा ५० जना भन्दा बडी महिलाहरु सहभागी भइ संगीत, नृत्य सहित सांकेतिक  बिरोध  गरेका थिए साथै प्ले कार्ड पनि बोकेका थिए।

पितृसत्ता - न्यायधीश छ, जन्मदैँ हाम्लाई - कैद गर्छ, तिमीले कहिल्यै - नदेख्ने हिंसा, हामीले भोग्ने - सजाय हो, पितृ सत्ता - न्यायधिस छ, जन्मदैँ हाम्लाई – कैद गर्छ, हामीले पाएको - सजाय, दिनहुँ हुने - हिंसा हो। भन्ने नारा सहितको सांकेतिक बिरोध गरएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबै सहभागीहरुले कालो लुगा, मुखमा कालो माक्स, आखामा कालो पट्टी बाधेर प्रदर्शनीमा उत्रिएका थिए। सामाजिक संजालमा कतै पनि हो-हल्ला नगरी आफैं समुह बनाएर ३/४ दिन अगाडि देखि नै नृत्यको अब्यास गरेको उक्त समुहको एक महिलाले बताईन ।