फेसबुकमा बलात्कारी संगठनको नामको पेज बनाएर तथानाम लेख्ने एकजनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । फेसबुकमा बलात्कारी संगठन बनाउने नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।

प्रहरीको साइवर व्युरोले पूर्वी नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको साइवर व्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले लोकान्तरलाई जानकारी दिए । सो व्यक्तिले फेसबुकमा बलात्कारी संगठन नामको पेज बनाएर तथानाम लेखेको प्रहरीले बताएको छ । लोकान्तर बाट