काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले कोरोनाको कहरका विच गुज्रिएको बेलामा सांसदहरुले दशैं भत्ता लिन नहुने बताएका छन् । उनले विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग समेत गरेका छन्।

आफ्नो बैंक खातामा दशैं भत्ता वापतको रकम जम्मा भएपछि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो माग गरेका हुन् । सांसद रावलले आफ्नो खातामा दशैं भत्ता वापत जम्मा भएको पैसा पनि फिर्ता लैजान माग समेत गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रावलले आइतवार ट्वीट गर्दै आफ्नो खातामा रकम आएको जानकारी पाएको र उक्त रकम कट्टी गर्न मञ्जुरी रहको जानकारी दिएका छन् । सांसदहरुले भत्ता लिन नहुने भन्ने कुरामा आफ्ना समर्थन रहेको भन्दै फिर्ता लैजान आफ्नो मञ्जुरी रहेको जनाएका छन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्, उनले भनेका छन्, सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ। उनले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने समेत उल्लेख गरेका छन्।

https://twitter.com/BhimRawal179/status/1317667440453586944