संघीय संसद डा. सूर्य पाठकले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन् । सांसद पाठकले संघीय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत सो रकम फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले संसद सचिवालयले आफ्नो खातामा जम्मा गरेको रकम आगामी महिनाको पारिश्रमिक कट्टा गरी सरकारी कोषमा दाखिला गर्न अनुरोध गरेका छन् । कोरोना महामारीकाबीच सरकारले दसैं खर्च सांसदहरुलाई वितरण गरेपछि आलोचना भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड