मोरङ,कात्तिक-३ गते ।  मोरङको विराटनगर-१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर-१५ का २८ बर्षीय अपजर अली रहेका छन ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सुचना पाईपछी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनिहरुले online बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।