नेपाल सरकार मन्त्रिपरिषद्को बैठक मंगलवार अपराह्न ४ बजे बस्ने भएको छ ।

सोमवार बस्ने नियमित मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ, एजेण्डा खुलाइएको छैन,’ ती मन्त्रीले लोकान्तरसँग भने ।

स्रोतका अनुसार आजको बैठकबाट सरकारले दशैंलगायत चाडबाडको अवसरमा कोरोना संक्रमण फैलिन नदिन सुरक्षा रणनीतिबारे छलफल गर्नेछ ।

असोज २८ गते मन्त्रिपरिषद् विस्तार भएपछि दोस्रोपटक बैठक बस्न लागेको हो । लोकान्तर बाट