नर्भिक अस्पतालका सञ्चालक एवं लेखक वसन्त चौधरीलाई कोराना संक्रमण पुष्टि भएको छ।
चौधरीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बुधबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। आफूलाई केही लक्षण देखिएको र चिकित्सक सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको उनले जानकारी दिए।
चौधरीले पछिल्ला ५ दिनसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई चिकित्ससँग परामर्श लिन चौधरीले आग्रह गरेका छन्।










