नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व रक्षामन्त्री भीम रावलले भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित र आपत्ति पूर्ण भएको बताएका छन् ।
रअ प्रमुख सामन्त गोयलले बुधवार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता भएको बालुवाटारले पुष्टि गरिसकेको छ । नेकपा सांसद रावलले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले गोयललाई भेट्नु रावलले सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भएको बताएका हुन् ।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ । कूटनीतिक मर्यादा विपरीत छ’ रावलले भनेका छन् ।
बुधवार नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल बिहीवार स्वदेश फर्किएका छन् । भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुखले काठमाडौंमा अन्य राजनीतिक भेटवार्ता पनि गरेका थिए ।
https://twitter.com/BhimRawal179/status/1319193837156192257?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319193837156192257%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F122052%2F2020%2F10%2F22%2Fbhim-rawal-










