प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिन बनाइएको शुभकामना कार्डमा लिम्पियाधुरारहित पुरानै नक्सा प्रयोग भएको पाइएको छ । ओलीले नमस्कार गरेको तस्वीरसहित बडा दशैं २०७७ को मंगलमय शुभकामना लेखिएको कार्डमा नेपालको निशान छापमा रहेको नक्सा पुरानै देखिएको छ ।

भारतले अतिक्रमण गरेको नेपालको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको थियो । नयाँ नक्सा सहितको निशान छाप संविधानको अनुसूचीमा मिलाउन संसदबाट संविधान संशोधन प्रस्ताव पारित गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्रीको शुभकामना कार्डमा पुरानै नक्सा सहितको निशान छाप प्रयोग भएको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर विमति जनाएका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उनले लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने बताएका हुन् । ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू ? गम्भीर विमति दर्ज होस् ! देशको संसद्ले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’ शर्माले ट्विटरमार्फत प्रश्न गरेका छन् ।

https://twitter.com/bishwaprakash77/status/1319500189384634369?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319500189384634369%7Ctwgr%5Eshare_3%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F122148%2F2020%2F10%2F23%2Fbishwa-prakashmodal