प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा राखिएको भन्दै विरोध भएको छ।प्रधानमन्त्रीले बडा दशैंको शुभकामना दिइएको तस्वीरमा निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छैनन्।
नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो। जुन नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेस गरिएको छ । तर प्रधानमन्त्री स्वयंले जारी गरेको शुभकामनामा यस्तो त्रुटी हुनुलाई नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्माले पनि असहमति जनाउनु भएको छ ।
उहाँले ट्वीट गर्दै देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गर्नु भएको छ ।



