काठमाडौं, ८ कार्तिक । नेपालीहरुको महान चाड दशैंको आज मध्य दिन, महाअष्टमी । देशभरि विभिन्न शक्ति पिठमा पूजा आजा गरिएको छ । आज बली दिने चलनपनि छ । दशैं नेपालीले मात्रै नभएर नेपालमा बस्ने विदेशीहरुले पनि मनाउँदै आएका छन् । नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत र्याण्डी डब्लु बेरीले आज अष्टमीको दिन खसीको मास आफ्नै हातले पकाएको भिडिओ सेयर गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत बेरीले उक्त भिडिओ सार्वजनिक गर्दै अष्टमीको शुभकामनासमेत दिएका छन् । आफूले नेपालमा धेरै पटक दशैं मनाएको पनि उनले उल्लेख गरेका छन् । यसपटक भने दशैंको बेला आफ्नै हातले खसीको मासु पकाएर नयाँ तवरले मनाएको उनले सुनाएका छन् । खसीको मासु पकाउनको लागि आफूले काठमाडौं पोष्टका पूर्व सम्पादक अनुप काफ्लेबाट प्रभावित भएको सुनाएका छन् । उनले आफू सेफ भन्दापनि राम्रो कुटनीतिज्ञ भएको उल्लेख गरेका छन् ।

https://twitter.com/USAmbNepal/status/1319894288382128129?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319894288382128129%7Ctwgr%5Eshare_1%2Ccontainerclick_0&ref_url=https%3A%2F%2Fwww.reportersnepal.com%2F2020%2F10%2F484981