दमक/ झापाको दमकमा कोरोना संक्रमण भएका अर्का एक ब्याक्तिको हिजो मृत्यु भएको छ । यो संगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । होम आईसुलेसनमा रहेका दमक ७ का एक ब्याक्तिको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एकसाता अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।