काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाडौं चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आइतबार डिस्चार्ज भएका हुन् ।

स्वास्थ्मा समस्या देखिएपछि असोज ३० गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । १० दिनसम्म अस्पताल बसेर डिस्चार्ज भएका थापा निवास फर्किएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना जितेका थापालाई अस्पतालबाट बूढानीलकण्ठ पासिकोटमा रहेको आफ्नै निवासमा लगिएको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

कोरोना संक्रमणपछि टाउको दुख्ने, ज्वोरो आउने र श्वासप्रस्वासमा समस्या भएपछि थापा अस्पताल भर्ना भएका थिए ।

डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पतालव्यवस्थापन समिती कर्मचारी, आफ्नो स्वास्थ्यको चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन्।

थापाको उपचारमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. बिपिन कार्कीको टिम सहभागी थियो ।