कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । सामान्य ज्वरोपछि संक्रमणको आशंकामा कोरोना परीक्षण गराउँदा आफूमा पोजेटिभ देखिएका भन्दै उनले अहिले आफू स्वास्थ्य मापदण्ड अपनाउँदै होम आइसोलेशनमा रहेको जानकारी गराएका छन् ।

‘गत हप्ता दाजुलाई अस्पताल लाने–ल्याउने गरेको थिएँ । गत बिहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो’, उनले भनेका छन्, बिहीबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै लक्षण छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका लक्षण छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण भएको भन्दै उनले अहिले जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा रवीन्द्र समीरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईइडलाईन’मा रहेको गजुरेलको भनाइ छ ।