बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।

भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।

बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरू आधिकारिक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।

‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा पनि लिने गरेका छन् । बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।

जीवन बीमा : यो एउटा लामो करार हो । जसले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ । यदि विमीतको बीमा समय अवधि बिचमै अकालमा मृत्यु हुन गएमा बीमा कम्पनीसँग भएको करारको आधारमा बीमा कम्पनीले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाङ्क फिर्ता गर्दछ । यो नै बीमाको नियम हो । मानिसको जोखिमलाई ग्रहण गर्नुको साथ साथै यदि विमीतको अकालमा मृत्यु भयो भने उसको आश्रित परिवारको पनि जोखिम ग्रहण गर्दछ ।

बीमा समितिले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो ।

निर्जिवन बीमा : यो बीमा सम्पतिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनको लागि गरिने करार हो । यसमा विमित कम्पनी वा व्यक्तिले बीमा गरिसकेपछि दुबै हानी नोक्सानी र जोखिमबाट मुक्ति प्राप्त गर्दछ । यो बीमामा बीमा गरिएको अवधिमा कुनै हानी नोक्सानी वा दुर्घटना भएमा बीमा कम्पनीले कुनै रकम तिर्नु पर्दैन ।

मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर निर्जिवन बीमा गरिन्छ ।

यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्प लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।

पछिल्लो समय सरकारले कृषि बीमा पनि ल्याएको छ । यस अर्न्तगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।

यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आबश्यक मानिन्छ ।

निर्जिवन बीमा अन्र्तगत सरकारले लघु बीमा कार्यक्रम पनि अनिवार्य गरेको छ । जसका लागि निर्जिवन बीमा कम्पनीहरूले पुल प्रकृयामा सञ्चालन गर्ने भएको छ । लघु बीमाका लक्षित वर्ग भनेको न्यून आम्दानी हुने मानिस हुन् । न्युन आम्दानी भएका सबै नागरिक सम्म पुग्न बीमा कम्पनीले अत्याधिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने हुँदा बढि खर्चिलो बन्न जान्छ । त्यसैले कम्पनीहरूले पूल प्रणालीको अवधारणा अघि सारेका हुन् ।

पुनर्बीमा : बीमा कम्पनीहरूको बीमा नै पुनर्बीमा हो । बीमा कम्पनीले आफुले उठाएको बीमितरूको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा नामक एक मात्र पुर्न बीमा कम्पनी रहेको छ ।

(प्रस्तुत सामाग्री बीमा सचेतना अभिवृद्दिका लागि तयार पारिएको हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah