वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
विगत ५ दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।










