सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दीपुर र भानु नगरपालिकाका ३५ असहाय परिवारलाई दशैं राहत वितरण गरिएको छ ।

डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड–१९ का कारण समस्यामा परेका, आम्दानीको स्रोत नभएका असहाय वृद्ध र अशक्त परिवारलाई राहत वितरण गरिएको राष्ट्रिय युवा संगठन जिल्ला समिति तनहुँका सहसंयोजक भगवान श्रेष्ठले जानकारी दिए । प्रतिपरिवार चामल १० किलोग्राम, कुखुराको मासु १ किलो, नून १ किलोग्राम, तेल १ पोका र कोक १ बोतल वितरण गरिएको उनले बताए ।

राहत वितरणको लागि डुम्रे टोल विकास संस्थाबाट १० हजार, नेपाल राष्ट्रिय युवा संगठन तनहुँ जिल्ला सहसंयोजक तथा डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठबाट १० हजार, खहरे बिरुवा डुम्रे टोल विकास संस्थाबाट ७ हजार रुपैयाँ लगायत विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए ।