दमक/ पौडी खेल्ने क्रममा डुबेर आज बुधबार झापाको दमकमा एक किशोरको ज्यान गएको छ । दमक नगरपालिका २ स्थित एक पोखरीमा पौडी खेल्ने क्रममा मोरगको मिक्लाजुग ५ का २० बर्षीय मुकेश मगरको ज्यान गएको स्थानिय घनश्याम ढकालले बताए ।
सामान्य पोखरीमा ५ जना बढी साथीहरुसँग पौडी खेल्ने क्रममा मगर डुबेका थिए । स्थानिय ,नेपाल प्रहरी, सशस्त्र प्रहरी सहतिको टोलीले उनलाई दिउँसो ३ बजेतिर मृत अवस्थामा फेला पारेको हो । शव पोष्मार्टमका लागी लगिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । पाथिभरा पोस्ट बाट साभार गरिएको










