काठमाण्डौ – दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ ।

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आउनुभएका ठगुन्नाको बुधबार निधन भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपालको हक खोजी गर्ने, तथ्य विवरणको स्थलगत रुपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्दै आउनुभएको थियो ।