काठमाडौं । संघीय सांसदहरुको सुधारिएको लोगो तयार भएको छ ।

संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ लोगो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो उसैले व्यहोरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थाल्नु भएको छ ।

अन्य सांसदहरुलाइ पनि नयाँ लोगो वितरण शुरु भैसकेको उहाँले जानकारी दिनुभयो ।