एजेन्सी – कहिलेकाँही स्वास्थ्यप्रति सजग हुँदाहुँदै पनि विभिन्न समस्याहरु आइपर्छन् । मिर्गौलासम्बन्धी समस्यामा पनि यस्तै हुन सक्छ । शुरुवाती लक्षणहरु थाहा नहुँदा मिर्गौला बिग्रिसकेको पनि हुनसक्छ । मिर्गौलाको काम शरीरमा भएका पानीहरुलाई फिल्टर गर्नु हो । शरीर स्वस्थ्य रहनका लागि मिर्गौला पनि स्वस्थ हुन आवश्यक छ । मिर्गौलाको जोडी राजमा आकारको हुन्छ । यो पेटको मध्य भागमा करङको ठिक तल हुन्छ ।

मिर्गौलाले कसरी काम गर्छ ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाखौँ तन्तुहरु मिलेर मिर्गौला बन्छ । यी नै तन्तुहरुलाई नेफ्रोन्स भनिन्छ । यसको काम रगत फिल्टर गर्नु हो । नेफ्रोन्समा गडबढीका कारण मिर्गौलामा धेरै समस्या पैदा हुन्छ । यदि कुनै कारणबस नेफ्रोन्समा क्षति पुगेमा रगतको सफाई सही तरिकाले हुन सक्दैन । फिल्टर गर्ने क्रममा रगतमा भएको हानिकारक तत्वहरु र शरीरमा भएको धेरै पानी छानेर पिसाबको रुपमा बाहिर फाल्ने गर्छ । मिर्गौलासँग युरेटरको दुई नलीहरु जोडिएका हुन्छन् । युरेटरको सहायताले रगत सफा हुन्छ र त्यसको अवशेष ब्लाडरसम्म पुग्छ ।

के कारण मिर्गौलामा नोक्सान पुग्छ ?

आजभोलिको गलत जीवनशैली, खानपान आदिका कारणले मिर्गौलामा समस्या देखापर्छ । यसका साथै, उच्च रक्तचाप, मधुमेह, आनुवंशिकता र दुखाई कम गर्ने औषधिको अत्यधिक प्रयोगले मिर्गौलामा नोक्सान पुग्छ । यसैगरी, हृदयरोगका कारण मिर्गौलामा समस्या आउने व्यक्तिहरुको संख्या पनि बढ्दै गएको छ । शुरुवाती लक्षणहरु थाहा नहुने भएकाले धेरैजसो व्यक्तिहरुले ६५ वा ७० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने गरेका छन् ।

१. मिर्गौलाको पथ्थरी

पथ्थरीको समस्या सामान्यताः तरल पदार्थको सेवन नगर्ने बानी र युरिनरी ट्र्याक इन्फेक्शनका कारण हुन्छ । यसका साथै पिसाबमा हुने केही खास केमिकलले क्रिस्टल बन्न रोक्ने भएकाले यस्ता समस्या आउँछ ।

पथ्थरीको लक्षणः

–भोक कम लाग्ने

–पेट दुख्ने

–काम्ने ज्वरो आउने

–पिसाबसँग रगत देखापर्ने

–पिसाब गर्दा रोकिँदै पिसाब निस्कनु

–वाकवाकी लाग्ने

पथ्थरीको उपचार:

–मिर्गौलासँग सम्बन्धित कुनै पनि रोगबाट बच्नका लागि हरेक दिन ८ देखि १० गिलास पानी पिउने

–समय समयमा मिर्गौलाको चेकजाँच गर्ने

–यदि तपाईंमा मधुमेह वा उच्च रक्तचापको समस्या छ भने समयसमयमा डाक्टरको सल्लाह लिनुहोस्

–खानामा प्रोटिनसँग सोडियम र क्याल्शियमको मात्रा पनि सामेल गर्नुस्

–चिनी र नुनको सेवन सन्तुलित मात्रामा गर्नुस्

२. पोलिसिस्टिक किड्नी डिजिज

आम भाषामा भन्नुपर्दा मिर्गौलाले काम गर्न छोड्नु वा ‘किड्नी फेल’ हुनु नै पोलिसिस्टिक किड्नी डिजिज हो । यसको कारण भनेको अत्यधिक मदिरा र चुरोटको सेवन गर्नु हो । यसको लक्षण देखिँदा पनि यदि तपाईं मदिरा र चुरोट सेवन गर्न छोड्नुहुन्न भने तपाईंको मिर्गौलाले काम गर्न बन्द गर्छ ।

यसका लक्षण:

–टाउको दुख्नु

–पिसाबसँगै रगत देखापर्नु

–हात, गोडा र आँखा सुन्निनु

–सास फुल्ने र भोक नलाग्ने

–पाचन प्रक्रियामा गडबढी

–रगतको कमीले शरीरका अंगहरु पहेँलो देखिनु

–कमजोरी वा थकान महसुस हुनु

यसबाट बच्न के गर्ने ?

–यस रोगबाट बच्न डाक्टरहरु आरआरटी अर्थात रिनल रिप्लेसमेन्ट थेरापी गर्ने गर्छन् ।

–मिर्गौला एक पटक काम गर्न बन्द गरेपछि मिर्गौला फेर्नुपर्ने हुन्छ । तर फेर्न नसक्ने अवस्था भएमा डायलिसिस गर्ने गर्नुपर्छ ।

–यदि बिरामीको अवस्था चौँथो स्टेजमा पुगेको छ र खानपान, दैनिकीमा विशेष ध्यान दिने र नियमित डायलिसिस गर्दा जीवनयापन गर्न सहज हुन्छ ।

३. युरिनरी ट्र्याक इन्फेक्शन

युरिनरी सिस्टम (मुत्र प्रणाली) मिर्गौला, युरेटर, ब्लाडर र युरेथ्रा मिलेर बनेको हुन्छ । यी चार अंगमध्ये कुनै एकमा संक्रमण भएमा युरिनरी ट्र्याक इन्फेक्शन हुन्छ ।

इन्फेक्शन लक्षण:

–बारम्बार दिसा आउनु

– मन्द र शरीरमा कम्पन हुने गरी ज्वरो आउनु

–पेटको तल्लो भागमा दुख्नु

–पिसाबको रङ बदलिनु

–पिसाब फेर्दा दुख्नु

इन्फेक्शनबाट बच्न:

–यस्तो समस्यामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

–सार्वजनिक शौचालय प्रयोग गर्दा सफा गरेर मात्र दिसा, पिसाब गर्ने

–इन्फेक्शन भएको समयमा शारीरिक सम्पर्क नगर्ने