यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रामा सयपत्री फूलहरू फुलेका छन् ।
विगतका वर्षभन्दा यस पटक सयपत्री फूलहरू पर्याप्तमा फुलेका कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयले जनाएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाटसहित राजाबास बोक्से, श्रीपुर, बगाहा, जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार, कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रमा पर्याप्त मात्रामा सयपत्री फूल फुलेका बताइएको छ ।
त्रियुगा–९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा वर्षा भएको कारण सयपत्री फूल फुलेका र तिहारमा फूलको कमी नहुने बताइन् । चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरू प्रशस्त मात्रामा फुलेको बताउँछिन् । उनी भन्छिन्, ‘यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका वर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।’










