काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताएका छन् । तर त्यसमा अन्तर्निहीत एउटा पक्ष,अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही भएको र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा ‘पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔँ । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरौँ’ श्रेष्ठले लेखेका छन् । साथै उनले ‘तैँ चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौँ’ भनेका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले गत शनिबार अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा सल्लाहमै पार्टी अलग गरौ भन्ने प्रस्ताव राखेका थिए । त्यसपछि नेकपा तरङग पैदा भएको छ ।
सोहीप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले ‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाइ विघघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔँ’, भन्ने आग्रह गरेका छन् । रातो पाटि साभार
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2767492263508311










