काठमाण्डाै – साझा पार्टीले बुधबार बिहान र बेलुका काठमाण्डौको खुलामञ्चमा असहायहरूलाई निःशुल्क खाना खुवाउने भएको छ । काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउन रोक लगाएकोप्रति आपत्ति जनाउँदै साझा पार्टीले बुधबार बिहान र बेलुका खाना खुवाउँदा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका बेला सरकार आफैले उनीहरूको हेरचाह गर्नुको सट्टा नागरिकस्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लकडाउनपछि रोजगार गुमाएका वा असहायहरूलाई खुलामञ्चमा महिनौदेखि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेकोमा साेमबार काठमाण्डौ महानगरपालिकाले रोक लगाएको थियो ।