काठमाडौं, १९ कार्तिक । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिएका १६ जना चिकित्सकहरुले यसअघि आफूहरुले अघि सारेका मागहरु पूरा नभएको आरोप लगाएका छन् । र, उनीहरुले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।

हेरौं उनीहरुद्धारा हस्ताक्षरित राजीनामा पत्र :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड