काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेपछि भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डा पुगे ।

सैनिक मुख्यालय जंगी अड्डामा सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्ना समकक्षी पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधबार तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले जंगी अड्डा परिसरको हाताभित्र ओखरको बिरुवा समेत रोपेका छन् । बिरुवा रोपेपछि नरवणे र थापाले फोटो समेत खिचाएका छन् ।

हेर्नुहोस् तस्बिरहरु