सुर्खेत । जिल्ला प्रहरी कार्यालयले जुवा खेल्ने सात जनालाई पक्राउ गरेको छ । बुधबार वीरेन्द्रनगर–७ इत्राममा जुवा खेलाउने एक घरधनी महिलासहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी वीरेन्द्रनगर–७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर–८ का जीवन सुनार, वीरेन्द्रनगर–९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर–३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर–६ का निराजन शाही रहेका छन् । उनीहरुको साथबाट रु ५६ हजार ६ सय १० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनु भयो । जनता समाचार बाट साभार