सिन्धुली : सिन्धुलीमा जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिएको सुविधासम्पन्न कोभिड–१९ युनिट (आइसोलेसन) अस्पताल सञ्चालनमा आएको छ। कमलामाई नगरपालिका–६ शिवनगरमा निर्माण गरिएको ५० बेडको कोभिड–१९ युनिट अस्पताल सोमबार रातिबाट सञ्चालनमा आएको हो।

केही सरकारी अनुदानबाहेक अधिकांश रकम सहयोग र जनश्रमदानबाटै जुटाएर निर्माण गरिएको अस्पताल दुई जना कोरोना संक्रमित भर्ना गरेर सञ्चालनमा ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सरकार, स्थानीय राजनीतिक दल, निर्माण व्यवसायी, विभिन्न संघसंस्था तथा व्यक्तिको सक्रियतामा करिब दुई महिनामा निर्माण सम्पन्न गरी त्यसको सञ्चालनको जिम्मा सिन्धुली अस्पताललाई दिइएको थियो। १ करोड २२ लाख ३७ हजार नगद र ४७ लाख ?पैयाँ जिन्सी सहयोग गरी हालसम्म १ करोड ६९ लाख ?पैयाँ खर्च गरेर अस्पताल निर्माण गरिएको हो। यहाँ आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट (एचबीयू) समेत जडान गरिएको छ।

अस्पतालमा हाल पाँच बेडको आईसीयू, २ वेडको भेन्टिलेटर, १२ बेडको एचबीयू जडान गरिएको छ। अस्पतालका ५० वटै बेडमा केही दिनमा अक्सिजन जडान गरिसकिनेछ। अस्पतालमा ३० बेड कोरोना संक्रमितका लागि र २० बेड कोभिडका शंकास्पद बिरामीको उपचारमा प्रयोग गरिनेछ। अस्पतालमा सुरक्षाका लागि कम्पाउन्ड, सीसी क्यामेरा जडान, खानेपानी, शौचालयका साथै वाइफाई, टेलिफोनसमेत जडान गरिएको छ।

अस्पतालमा चार जना मेडिकल डक्टर, ६ जना नर्स, ३ जना ल्याब टेक्निसियन, ३ जना एक्सरे तथा अन्य कर्मचारी चौबीसै घण्टा खटिने व्यवस्था मिलाइएको छ। कोभिड–१९ युनिट अस्पताल डब्लूएचओको मापदण्डअनुसार निर्माण गरिएको प्रदेशसभा सदस्य राजन दाहालको दाबी छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामा आइसोलेसन बेड अभाव भएपछि जिल्लाका संसद, राजनीतिक दल, सुरक्षा निकाय, सामाजिक संघसंस्था, व्यापारी, शिक्षक र व्यवसायी कोभिड अस्पताल निर्माणमा जुटेका थिए।

अस्पताल निर्माणमा बागमती प्रदेश सरकारबाट ९७ लाख, जिल्लाका स्थानीय तह, संघसंस्था र व्यक्तिबाट २ करोड २१ लाख र ४७ लाख ?पैयाँ बराबरको रड, सिमेन्ट, इँटा, ढुंगा बालुवालगायत निर्माण सामग्री सहयोग प्राप्त भएको छ।