के बि महरा/काठमाडौ : भारतिय स्थल सेनाप्रमुख जनरल मनोजमुकुन्द नरवाणेको औपचारिक भ्रमणको सन्दर्भमा काठमाडौको सुरक्षा व्यबस्था थप-कडाई पारिएको छ ।

भारतिय स्थलसेना प्रमुख नरवाणे आफ्ना समकक्षी प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणको लागि बुधबार काठमाडौ आईपुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली सेना र भारतीय सेनाबिच एक अर्का देसका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप नरवाणे काठमाडौं आएका हुन् । सेनाअध्यक्ष नरवाणेको भ्रमण प्रभावित हुन नदिन काठमाडौको सुरक्षा ब्यबस्थालाई थप-कडा पारिएको हो ।

सम्भावित शान्तिसुरक्षालाई मध्यनजर गरि उपत्यका भित्र नेपाल प्रहरी , शसस्त्रप्रहरी तथा नेपाली सेनाको बाक्लो उपस्थित रहेको छ ।