झापाको दमक नगरपालिकाले आजबाट दमक अस्पताल कोभिड उपचार केन्द्र संचालनमा ल्याएको छ । सो उपचार केन्द्रको आज प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गर्नुभयो । कोरोना संक्रमित विरामीको उपचारका लागि संचालनमा ल्याइएको सो कोभिड उपचार केन्द्रमा १ अक्सिजन सहितको ३० बेड रहेका छन् ।

दमक २ स्थित भुटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुननिर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो । जस्मा ४ बेड एचडियु सहितको रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, झापाका प्रहरी प्रमुख कृष्णराज कोईराला, अन्य सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप–प्रमुख गिता अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।