प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्। प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट मंगलबार दिउँसो प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मातृका पौडेलको फोटोसहित नयाँ व्यवसाय सुरु गर्न लागेकोमा बधाई दिइएको छ।

कोही समय कोरोना संक्रमित पत्रकार पौडेलले नयाँ व्यवसाय सुरु गर्न लागिएको भन्दै शुभकामना दिइएको थियो। ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्ने मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना,’ प्रधानमन्त्रीको ह्याण्डलबाट गरिएको ट्विटमा भनिएको छ,‘हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवैजना दंग ...।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६ लाख ६३ हजार फलोअर भएको प्रधानमन्त्रीले ट्विटमार्फत बधाई दिएको केहीछिनमै डिलिट गरियो। त्यसले के देखाउँछ भने सामाजिक सञ्जाल सञ्चालनमा प्रधानमन्त्रीको सचिवालय संवेदनशील छैन। यसअघि पटकपटक गर्दै आएको गल्तीलाई प्रधानमन्त्रीको सचिवालयले फेरि दोहो(याएको छ। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको ट्विटर अकाउन्ट सचिवालयबाटै ‘दुरुपयोग’ भएको देखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।