दाङको घोराहीबाट चितुवाको छाला र झन्डै ४ किलो अफिमसहित दुई युवा पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन्।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर उनीहरूलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको सेतोपाटीलाई बताए।
उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिए।
पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले बताएको छ।
उनीहरूमाथि अवैध रूपमा लागुऔषध तथा वन्यजन्तुको छाला ओसारपसारसम्बन्धी मुद्दा चलाएर कारबाही अगाडि बढाउने तयारी प्रहरीले गरेको छ।










