भद्रपुर। थ्रेसरमा च्यापिएर झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ८ बजेतिर धान थ्रेसर गरिसकेपछि चलिरहेको थ्रेसरमा ती महिला परेकी थिइन्।
प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । घट्नापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल पठाउने जनाइएको छ । टाइम्स अफ प्रदेश बाट










