जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

आज देशभर कुनै पनि मौसम प्रणाली सक्रिय नभएको र हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज दिउँसाको मौसम देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराई भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।