संखुवासभाको चैनपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको समूहले हवाइ फायर गरेको छ ।

भाइटीकाका दिन हवाइ फायर गरिएको हो । हवाइ फायर सुनेपछि प्रहरी घटनास्थल पुगेको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी स्रोतले १२ राउण्ड हवाइ फायर भएको लोकान्तरलाई जानकारी दियो ।

विप्लवनिकट स्रोतले प्रहरीद्वारा आफ्ना २ जना कार्यकर्ता पक्राउ परेको पुष्टि गरेको छ ।

घटनास्थल अनुगमन र नियन्त्रणमा लिन प्रहरीको तीन टोली परिचालन गरिएको छ । लोकान्तर बाट