हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने बताउँदै विभागले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भू–भाग, बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार प्रदेश नं १ र सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।